होमपेज > मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनामा कोइराला विजयी

मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनामा कोइराला विजयी

बिज्ञापन
बिज्ञापन

मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्रान्ड फिनाले (समापन समारोह) मा अन्ना कोइराला विजयी भएकी छन् ।

बिज्ञापन

१७ जना प्रतियोगीहरुलाई पछि पार्दै मिस नेपाल नर्थ अमेरिका २०२४ को ताज अन्नाले पहिरन सफल भएकी हुन् । प्रतियोगितामा रुवी पोखरेल प्रथम उपविजेता र आदिश्री रेग्मी द्वितिय उपविजेता भएका छन् । न्यूयोर्क शहरमा शनिवार आयोजित उक्त प्रतियोगिताको लागि क्यानाडा र अमेरिकाका विभिन्न राज्यहरुबाट कूल १८ जना प्रतियोगीहरुले सहभागिता जनाएका थिए ।

बिज्ञापन

यस वर्षको “मिस नेपाल नर्थ अमेरिका २०२४ ” को अन्तिम शीर्ष १८ मा पुग्न सफल भएका प्रतिभाशाली प्रतियोगीहरुमा क्रमशः मीनेसोटाकी आयुषा तुलाधर, टेक्सासकी आदीश्री रेग्मी ,नर्थ क्यारोलाईनाकी अन्ना कोइराला, क्यानडाकी अनु सुवेदी ,न्यूयोर्ककी अस्मिता गिरी, मिसिगनकी अश्मिता तुलाधर, ओहायोकी दृश्य धिताल ,न्यूजर्सी ओनिका बानिया ,न्यूयोर्ककी प्रिजा राना ,बोस्टनकी रिजा पुरी ,मेरिल्याण्डकी रुबिना गिरी ,मेरिल्याण्डकी रुबी पौडेल, कोलोराडोकी सविता चौलागाई, कोलोराडोकी सर्जु थापा, जर्जियाकी सोफी पोखरेल ,क्यानडाकी स्वीकृति खड्का, टेक्ससकी सुजन सुनुवार तथा क्यालिफोर्नियाकी उषा शाह रहेका थिए ।

प्रतियोगिताको आयोजना ड्रिम्स युनिभर्सल एलएलसी न्युयोर्कले गरेको हो भने मिस नेपाल नर्थ अमेरिकाका आयोजक तथा प्रमुख शैलेश श्रेष्ठ हुन् ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते