होमपेज > प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्झौता

प्रभु बैंक र इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सम्झौता

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेड र बाग्लुङ नगरपालिका–२, आवारोडस्थित इला कम्फर्ट होटल एण्ड रिसोर्टबीच विशेष छुट सुविधा प्रदान गर्ने सम्झौता भएको छ। बैंकका ग्राहक तथा कर्मचारीले होटलमा उपलब्ध विभिन्न सेवामा आकर्षक छुट पाउने गरी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।

बिज्ञापन

इला कम्फर्ट होटल एण्ड रिसोर्टका महाप्रबन्धक बुद्धि प्रसाद तिवारी र प्रभु बैंक लिमिटेडका प्रमुख क्षेत्रीय व्यापार अधिकृत राजु रानाले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार, प्रभु बैंकका ग्राहक तथा कर्मचारीहरूले बैंकको डेबिट वा क्रेडिट कार्ड, साथै अन्य विद्युतीय माध्यमबाट भुक्तानी गर्दा इला कम्फर्ट होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको आवास सेवामा छुट तथा खाना र मनोरञ्जन सेवामा १० प्रतिशत छुट प्राप्त गर्नेछन्।

बिज्ञापन

इला कम्फर्ट होटल बाग्लुङको पर्यटकीय गन्तव्यहरूमध्ये एक हो, जहाँबाट बाग्लुङ कालिका मन्दिर, पञ्चकोट, शालिग्राम संग्रहालय लगायतका स्थानहरूमा सहज पहुँच पाइन्छ। पोखरा–बाग्लुङ–म्याग्दी क्षेत्रका लागि बढ्दो पर्यटकीय चासोलाई मध्यनजर गर्दै बैंकले यस्तो सहकार्य अघि बढाएको बताइएको छ।

प्रभु बैंकका अनुसार, “बैंकका ग्राहकहरूलाई थप सुविधा दिनुका साथै स्थानीय पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले होटलसँगको सहकार्य गरिएको हो।” बैंकले यस्ता सहकार्यलाई भविष्यमा पनि अन्य गन्तव्यमा विस्तार गर्ने योजना बनाएको छ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते