होमपेज > स्वास्थ्य बीमा बोर्डद्धारा विज्ञापन आह्वान, १८० जना मेडिकल अधिकृतको माग

स्वास्थ्य बीमा बोर्डद्धारा विज्ञापन आह्वान, १८० जना मेडिकल अधिकृतको माग

बिज्ञापन
बिज्ञापन

स्वास्थ्य बीमा बोर्डले मेडिकल अधिकृत करार सेवामा नियुक्त गर्न विज्ञापन आह्वान गरेको छ ।

बिज्ञापन

बोर्डले १८० जना मेडिकल अधिकृत ९० दिनका लागि मागेको हो । बोर्डले गत साउन यताको झन्डै ११ महिनाको रिभ्यु सुरू गरेको छैन । यी मेडिकल अधिकृतहरुलाई पेन्डिन अवस्थामा रहेको मागदाबीको रिभ्यु गर्न खटाउने छ । जनशक्ति कम भएका कारण रिभ्यू गर्न बाँकी रहेको हो । रिभ्यू बाँकी हुँदा रकम भएको अवस्थामा पनि भुक्तानी गर्न मिल्दैन । बोर्डले १६ अर्बभन्दा बढीको भुक्तानी तिर्न नै बाँकी छ ।

बिज्ञापन

१५ जेठको बजेट वक्तव्यमा सेवा प्रदायकको अहिलेसम्मको बक्यौता रकम फरफारक गर्ने सरकारले दाबी गरेको छ । सोही अनुसार बोर्डले जनशक्ति थप गर्न लागेको हो । अहिलेसम्म बोर्डमा मेडिकल अफिसर, नर्स तथा फार्मासिस्ट लगायतका विभिन्न पदका २५ बढीले रिभ्यूमा काम गर्दै आएका छन् ।

पछिल्लो पटक स्वास्थ्य सेवा विभागले छात्रबृत्तिका ३० बढी मेडिकल तथा नर्सिङ अधिकृत सो कार्यका लागि बोर्डमा पठाउने निर्णय गरेको छ । बोर्डका सुचना अधिकृत विकेश मल्लका अनुसार मेडिकल अधिकृतका लागि एमबीबीएस उत्तीर्ण हुनु पर्ने छ । उनीहरुले नेपाल सरकारले तोकेको आठौँ तहको सुविधा पाउनेछन् ।

बिज्ञापन

बोर्डले योग्यता पुगेका चिकित्सकले ७ दिन भित्र आवेदन दिइसक्नुपर्ने छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते