बागमती नदी किनारमा एक पुरुषको शव भेटिएको छ ।
बिज्ञापन
ललितपुर महानगरपालिका–३१ को वडा कार्यालय नजिक बागमती नदी किनारमा शव भेटिएको हो । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी तथा प्रवक्ता नरेशराज सुवेदीका अनुसार अन्दाजी ४०र४२ वर्षको पुरुषको शव घोप्टो अवस्थामा नदी किनारमा भेटिएको हो ।
बिज्ञापन
आइतबार बिहान करिब ८ बजेतिर उक्त शव भेटिएको थियो । शवको सनाखत हुन सकेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।








