स्कुल बसले ठक्कर दिँदा विरातटनरमा आज साइकल यात्रीको मृत्यु भएको छ । विद्यार्थी लिन विराटनगरबाट आमबारीतर्फ जाँदै गरेको को १ क १७०० नम्बरको बसले रंगेली नगरपालिका–२ चेका पुलमा साइकलयात्रीलाई ठक्कर दिएको थियो ।
बिज्ञापन
मोरङ प्रहरीका अनुसार विराटनगरस्थित अरनिको स्कुलको बसले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका धनपालथान गाउँपालिका–३ मायागन्जका ५५ वर्षीय जगन्नाथ ठाकुरको मृत्यु भएको हो । घाइते भएका उनलाई उपचारका लागि रंगेली अस्पताल पुर्याउनसाथ मृत्यु भएको थियो ।
बिज्ञापन
बस र चालक झापाको कन्काई नगरपालिका–१ का ५७ वर्षीय इन्द्रप्रसाद मिश्रलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरिएको जानकारी प्रहरीले दिएको छ ।








