होमपेज > नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा

नेप्से ४४ अंकले बढ्यो, परिसूचक २५०८ बिन्दुमा

बिज्ञापन
बिज्ञापन

सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) दोहोरो अंकले बढेको छ । नेप्से बढेको भएपनि कारोबार भने घटेको छ । आइतबार २२ अंकले घटेको बजार आज नेप्से ४४.४५ अंकले बढेको छ । सोमबार नेप्से १.८० प्रतिशतले बढेर २५०८.८६ विन्दुमा पुगेको छ ।

बिज्ञापन

कारोबार भने ३ अर्ब ७१ करोड ५३ लाख ६० हजार रुपैयाँ बराबरको मात्र भएको छ । उक्त कारोबार नेप्से ३ हजार विन्दु पुगेयताकै न्यून हो । आइतबार ३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सोमबार ९७ लाख १७ हजार ९५९ कित्ताको कारोबार भएको छ । जसमा २१० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ३३ वटा कम्पनीको शेयर मूल्य भने घटेको छ । १ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज ३१९ वटा कम्पनीको शेयर कारोबार भएको छ । सोमबार ५० हजार ६८० पटक शेयर किनबेच भएको नेप्सेको तथ्यांकमा उल्लेख छ । आज समूह तर्फ म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली देखिएको छ । आज म्युचुअल फण्ड समूह ०.६० प्रतिशतले घटेर २०.३४ विन्दुमा आएको छ ।

बिज्ञापन

आज सबैभन्दा बढी फाइनान्स समूह ४.१९ अंकले बढेर २ हजार ८२६.०२ विन्दुमा पुगेको छ । आज सबैभन्दा कम निर्जीवन बीमा समूह ०.७१ प्रतिशतले बढेर १२ हजार ६६७.१७ विन्दुमा पुगेको छ । त्यस्तै वाणिज्य बैंक समूह १.१८ प्रतिशतले, विकास बैंक १.९३ प्रतिशतले, होटल एण्ड टुरिजम ३.२८ प्रतिशतले, हाइड्रोपावर १.२२ प्रतिशतले, लगानी २.४५ प्रतिशतले, जीवन बीमा १.७८ प्रतिशतले, उत्पादन तथा प्रशोधन ३.८५ प्रतिशतले, लघुवित्त १.८५ प्रतिशतले, अन्य समूह २.३७ प्रतिशतले र ट्रेडिङ समूह १.५२ प्रतिशतले बढेको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते