होमपेज > ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको छ: मन्त्री शक्तिबहादुर बस्नेत

ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको छ: मन्त्री शक्तिबहादुर बस्नेत

बिज्ञापन
बिज्ञापन

जलस्रोततथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले मुलुकको ऊर्जा क्षेत्रको विकासमा उल्लेखनीय र गुणात्मक प्रगति भएको बताएका छन् । उनको बिदाइका लागि आज मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री बस्नेतले दीर्घकालीन विद्युत् व्यापार सम्झौता र आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत् भारत निर्यात गर्ने सहमति आफ्नो कार्यकालको सबैभन्दा महत्वपूर्ण उपलब्धि भएको बताए ।

बिज्ञापन

मन्त्री बस्नेतले ऊर्जा क्षेत्रमा भएको उपलब्धिले मुलुकको समृद्धिका लागि मार्ग प्रशस्त गरेको र त्यसले अर्थतन्त्रलाई समेत सबल बनाउने विश्वास व्यक्त गरे । नेपालको विकास प्रक्रियालाई गति दिने तथा आर्थिक समृद्धिको आधार स्तम्भका रुपमा रहेको ऊर्जा क्षेत्रलाई गति दिने र रोकिएका काम यस अवधिमा सम्पन्न भएकामा खुसी व्यक्त गरे ।

बिज्ञापन

ढल्केबर इनरुवा चार सय केभी प्रसारण लाइन, डेढ दर्जन बढी सबस्टेसन तथा प्रसारण लाइन सम्पन्न भएको जानकारी दिँदै मन्त्री बस्नेतले अन्य केही कार्यक्रम यसबीचमा सम्पन्न भएका बताए । ऊर्जा मिश्रण अवधारणाअनुसार आठ सय मेगावाट क्षमताको सौर्य परियोजना अगाडि बढाइएको र त्यसलाई प्रतिस्पर्धाका आधारमा अगाडि बढाउन लागिएको उनको भनाइ छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते