होमपेज > विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

विष्णु पौडेल उपप्रधानसहित अर्थमन्त्री बन्ने निश्चित

बिज्ञापन
बिज्ञापन

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्रीमा नियुक्त हुने भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि तोकेको समयसीमामा ओलीले दाबी गरेपछि उनी आज प्रधानमन्त्रीमा नियुक्त हुने भएका हुन् ।

बिज्ञापन

नेपाली कांग्रेसको समर्थनमा उनी प्रधानमन्त्री बन्न लागेका हुन् । राष्ट्रपति पौडेलले साँझ ५ बजे उनलाई प्रधानमन्त्रीमा नियुक्त गर्न लागेका हुन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार पेस गरेका थिए । तोकिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढाइने राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा ७६ को उपधारा ९२० बमोजिम २०७९ पुस १० गते नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।

बिज्ञापन

ओलीको क्याबिनेटको अर्थमन्त्री को बन्छ भन्ने विषयले पनि प्राथमिकता पाएको छ । अहिले धेरेले अर्थमन्त्री विष्णु पौडेल बन्ने चर्चा छ । एमालेबाट अन्य को-को मन्त्री बन्छन् भन्ने विषय खुल्न सकेको छैन ।तर, काँग्रेसले भने केही मन्त्रीको टुङ्गो लगाइसकेको बुझिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका पूर्वउपसभापति प्रकाशमान सिंहको नेतृत्वमा मन्त्रीहरू पठाउने तयारी गरेका छन् ।

काँग्रेसले गृहमन्त्रीमा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकलाई पठाउने चर्चा छ । देउवा(पत्नी आरजु राणा देउवालाई परराष्ट्रको जिम्मेवारी दिने सम्भावना रहेको पनि बुझिएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते