होमपेज > वैदेशिक व्यापार निरन्तर रुपमा घट्दै, कुन नाकाबाट कति घट्यो आयात ?

वैदेशिक व्यापार निरन्तर रुपमा घट्दै, कुन नाकाबाट कति घट्यो आयात ?

बिज्ञापन
बिज्ञापन

भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार खस्कँदो अवस्थामा छ । चालू आर्थिक वर्ष २०८०/८१ को साउनदेखि वैशाख महिनासम्मको अवधिमा आयात २.३९ प्रतिशत र निर्यात ३.६१ प्रतिशतले खुम्चिएको छ ।

बिज्ञापन

आर्थिक वर्ष २०७८/७९ मा कीर्तिमानी १९ खर्ब २० अर्बको वस्तु भित्रिएको थियो । त्यसयता निरन्तर आयात खुम्चँदो छ । सो आर्थिक वर्षमा नेपालको आयात २४.७२ प्रतिशतले बढेको थियो । यस्तै निर्यात ४१.७४ प्रतिशतले बढेर २ खर्बमाथि पुगेको थियो । त्यसयता आर्थिक वर्ष २०७९/८० मा आयात १६.०८ प्रतिशतले खुम्चियो । उक्त आर्थिक वर्षमा नेपालको आयात १९ खर्ब २० अर्बबाट खुम्चिएर १६ खर्ब ११ अर्ब रुपैयाँमा आइपुगेको थियो । यो पनि नेपालको स्वाभाविक आयातको तुलनामा अत्यधिक नै थियो । सर्वाधिक वस्तु आयातको कीर्तिमानी अवस्थाबाट निरन्तर घट्दो अवस्थामा रहेको आयात चालू वर्षमा पनि घटिरहेको छ । चालू वर्षको १० महिनाको अवधिसम्ममा २।३९ प्रतिशतले आयात खुम्चिएको छ । यस अवधिसम्ममा १३ खर्ब ३ अर्बको आयात भएको छ ।

बिज्ञापन

समग्र आयात घटेपछि व्यापारिक नाकाबाट हुने आयात स्वभाविक रुपमा घट्ने नै भयो । सबैभन्दा ठूलो व्यापारिक नाकाकारुपमा लिइने वीरगन्जबाट समेत आयात उल्लेख्य रूपमा घटेको छ । यो नाकाबाट अघिल्लो वर्षको १० महिनाको तुलनामा ४७ अर्ब ३४ करोडले आयात घटेको छ । यसबाहेक देशका सबैजसो व्यापारिक नाकाबाट आयात खुम्चेको छ । विराटनगर नाकाबाट १७ अर्ब ६९ करोडले आयात खुम्चेको छ । गत वर्षको १० महिनाको अवधिमा यो नाकाबाट १ खर्ब ५६ अर्ब ३८ करोड रुपैयाँको आयात भएको थियो । जुन, यो वर्षको सोही अवधिमा १ खर्ब ३८ अर्ब ६९ करोड रुपैयाँको मात्रै आयात भएको छ । यस्तै भैरहवा नाकाबाट हुने आयात २ अर्ब ४ करोडले खुम्चेको छ । गत आर्थिक वर्षको १० महिनामा १ खर्ब ९८ अर्ब ८५ करोड रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ९६ अर्ब ८१ करोड रुपैयाँको आयात भएको तथ्याङ्क विभागले सार्वजनिक गरेको छ ।

चालू वर्षको १० महिनासम्मको अवधिमा वैदेशिक व्यापारमा कूल २९ वटा नाकाको प्रयोग भएको छ । यसमध्ये मुख्य व्यापारिक नाका अर्थात खर्बभन्दा बढीको आयात हुने नाकाबाट गत आर्थिक वर्ष र चालू वर्षको १० महिनाको अवधिको आयात तुलना गरिएको छ । यी ५ नाकाबाट यस अवधिमा साढे ११ खर्ब रुपैयाँ बराबरको आयात भएको छ । अन्य २४ नाकाबाट झन्डै डेढ खर्ब रुपैयाँको मात्रै आयात हुने गरेको छ ।

बिज्ञापन

कुन नाकाको आयात घट्यो र ?

 

स्रोत – भन्सार विभाग

यी मुख्य नाकामध्ये सुख्खा बन्दरगाह बाहेक सबैजसो भन्सारबाट हुने आयातमा उल्लेख्य गिरावट देखिएको छ । सुख्खा बन्दरगाहबाट हुने आयात भने ५ अर्बले बढेको छ । अघिल्ला आर्थिक वर्षको १० महिनामा १ खर्ब ६७ अर्ब रुपैयाँको आयात भएकोमा चालू वर्षको सोही अवधिमा १ खर्ब ७२ अर्बको आयात भएको हो । यसबाहेक सबैजसो भन्सारको आयात घटेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको आयात १४ अर्बले खुम्चिएको छ । वीरगञ्जको आयात ४५ अर्बले घट्दा विराटनगरबाट हुने आयात १८ अर्बले घटेको छ । यस्तै भैरहवा भन्सार कार्यालयबाट हुने आयात २ अर्बले घटेको तथ्याङ्क छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते