एनआईसी एशिया बैंकले समयमा कर्जा तिर्न नसकेका आफ्ना ग्राहकहरुलाई ब्याज र हर्जना रकमा छुट दिने भएको छ।
बिज्ञापन

बिज्ञापन
बैंकले २०८० चैत्र मसान्तसम्म भाखा नाघेका कर्जाहरुको हकमा सम्बन्धित ऋणीले सम्पूर्ण कर्जा रकम २०८१ असार महिनाभित्रमा चुक्ता भुक्तान गरेमा जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट र साधारण वक्यौता ब्याज रकममा छुट प्रदान गर्ने जनाएको छ। देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउनको लागि यस्तो योजना ल्याएको बैंकले जनाएको छ।
बैंकका अनुसार ९१ दिनदेखि १८० दिन भाका नाघेका ग्राहकले साधारण ब्याज रकममा १५ प्रतिशत छुट, १८१ दिनदेखि ३६५ दिन भाका नागेका ग्राहकले २५ प्रतिशत छुट र ३६५ दिनभन्दा बढी भाका नागेका ग्राहकले ३५ प्रतिशत छुट पाउने छन्। बैंकले ल्याएको यस छुट योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकरूको वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्ने विश्वास लिएको बैंकका प्रमुख सूचना अधिकारी अर्जुन राज खनियाले बताए।
बिज्ञापन








