सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले संस्थापक शेयर लिलामीमा राखेको छ । कम्पनीले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको आफ्नो ६४ हजार ६१२ कित्ता शेयर लिलामीमा राखेको हो ।
बिज्ञापन
न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपियाँ तोकिएको यो शेयर कम्पनीका विद्यमान संस्थापक शेयरधनी तथा सर्वसाधारणले किन्न पाउनेछन् । शेयर खरिदका लागि न्यूनतम पाँच हजार र बढीमा प्रस्तावित सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बिज्ञापन
इच्छुक लगानीकर्ताले काठमाडौं, नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बिक्री प्रबन्धक) मा गोप्य असार २ गते देखि असार ९ गते शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।







