कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्षसहित चार जना सञ्चालक पक्राउ परेका छन् ।
बिज्ञापन
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सहकारीका अध्यक्ष तेजविक्रम थापासहित अन्य सञ्चालकहरुलाई पक्राउ गरेको हो । सजना राजकर्णिकार, भिमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् ।
बिज्ञापन
सहकारीका सञ्चालकबाट दुई अर्ब ८२ करोड २७ लाख रुपैयाँ अपचलन भएको बताइएको छ । उक्त सहकारीका पीडिट बचतकर्ताहरुको संख्या २ हजार ३५१ रहेका छन । ५ सय ६६ जना पिडितले प्रहरीमा उजुरी दिएका छन् ।
सहकारीको २ अर्ब ८० करोड रुपैयाँ निक्षेप रहेको छ । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मान्त्रालयले गत माघ २८ गते सहकारीलाई समस्याग्रस्त घोषणा गरेको थियो ।








