होमपेज > दोहोरो अंकले ओर्लियो सेयर बजार

दोहोरो अंकले ओर्लियो सेयर बजार

बिज्ञापन
बिज्ञापन

साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २१ सयमुनि झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से १७.०४ अंक घटेर २०९५ अंकमा कायम भएको हो । कुल ५ अर्ब ४७ करोड रुपैयाँको कारोबार भयो । ६४ कम्पनीको मूल्य बढ्दा ११७ को घट्यो भने ६ को स्थिर रह्यो ।

बिज्ञापन

होटल तथा पर्यटन समूह मात्रै हरियो रह्यो । सो समूह जम्मा २.३ अंक बढ्यो । बैंकिङ ९, विकास बैंक ४९, फाइनान्स १७, हाइड्रोपावर ६, जीवन बीमा ३७, उत्पादन ६२, माइक्रोफाइनान्स ८०, निर्जीवन बीमा ६८, अन्य १८ र व्यापार समूह २ अंक घटे ।

बिज्ञापन

नेपाल फाइनान्स र मनकामना स्मार्ट लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै शिवश्री हाइड्रोपावरको ८.१, कुथेली बुखरी स्मल हाइड्रोपावरको ७.३, दिव्यश्वरी हाइड्रोको ६.७, युनियन हाइड्रोपावरको ४.४ प्रतिशत मूल्य बढ्यो । भगवती हाइड्रोपावरको मूल्य १० प्रतिशत घट्यो । समृद्धि फाइनान्सको ६.१, ग्लोबल आईएमई लघुवित्त ५.४, मुक्तिनाथ कृषि कम्पनीको ५.१ प्रतिशत मूल्य घट्यो ।

कारोबार रकमका आधारमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर, ङादी ग्रुप, सीईडीबी हाइड्रोपावर, समृद्धि फाइनान्स क्रमशः अगाडि रहे ।

बिज्ञापन

 

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते