नेपाली बजारमा आज साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ । शुक्रबार प्रतितोला ३ सय रुपैयाँले बढेर १ लाख १९ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिज्ञापन
त्यस्तै, शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ५ सय ५० रुपैयाँ कायम भएको छ । बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ८ सय रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार २ सय ५० रुपैयाँ कायम भएको थियो ।
बिज्ञापन
साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले बढेर १४ सय ७० रुपैयाँ कायम भएको छ ।








