होमपेज > पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न पूर्वाधार पहिचान गरिने

बिज्ञापन
बिज्ञापन

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने सम्बन्धमा गठित अध्ययन समितिको बैठकले आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको छ । समितिका अध्यक्ष एवम् गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द देवकोटाको अध्यक्षतामा बसेको समितिको पहिलो बैठकले राजधानी घोषणाका लागि आवश्यक पूर्वाधार पहिचान गर्ने निर्णय गरेको हो ।

बिज्ञापन

बैठकले पूर्वाधार पहिचानसँगै पर्यटकीय राजधानीको रुपमा विकास गर्न सेवाको गुणात्मकता वृद्वि गर्न अवलम्बन गर्नुपर्ने विषयको पनि पहिचान गर्ने निर्णय गरेको समितिका उपाध्यक्ष रविन्द्रराज पौडेलले जानकारी दिए । उनका अनुसार राजधानी घोषणाका लागि आवश्यक मापदण्डहरुको पहिचान, घोषणा प्रक्रियाको तयारी, सङ्घ तथा प्रदेश सरकारसँग समन्वय गर्नेलगायत निर्णय गरेको छ ।

बिज्ञापन

समितिले पूर्वाधार पहिचानका सन्दर्भमा गरेको अध्ययन प्रतिवेदन मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पेस गर्ने गरी समितिको कार्यक्षेत्र तोकिएको पौडेलले बताए । समितिका सदस्यहरुले पर्यटकीय राजधानी घोषणाका सम्बन्धमा आ–आफ्ना तर्फबाट मस्यौदा तयार गरी अर्को बैठकमा पेस गर्ने निर्णय समेत गरेको उनले जानकारी दिए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते