गत भदौ २३ र २४ गते जेनजी पुस्ताद्वारा गरिएको आन्दोलनका क्रममा क्षतिग्रस्त भएका भौतिक संरचनासम्बन्धी बीमा दाबीको रकम २३ अर्ब ३९ करोड २७ लाख रुपैयाँ पुगेको छ। बीमा दाबी बढ्ने क्रम अझै जारी रहेको नेपाल बीमा प्राधिकरणले जनाएको छ।
बिज्ञापन
प्राधिकरणका अनुसार हालसम्म २,९८८ वटा बीमा दाबीका आवेदन परेका छन्। यीमध्ये सम्पत्ति बीमा ५९४, मोटर बीमा २,२०९, इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमा १४४, परिवहन बीमा ११ र अन्य विभिन्न बीमा ३० रहेका छन्।
बिज्ञापन
सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट
प्रदेशगत विवरण अनुसार सबैभन्दा धेरै दाबी बागमती प्रदेशबाट परेका छन्, जसको सङ्ख्या १,६०८ छ। अन्य प्रदेशहरूमा कोशीबाट ३७७, मधेशबाट ३२३, गण्डकीबाट २१९, लुम्बिनीबाट २५४, कर्णालीबाट २५ र सुदूरपश्चिमबाट १८२ वटा दाबी परेका छन्।
बिज्ञापन
बीमा प्राधिकरणले दाबीको सङ्ख्या अझै बढ्ने प्रक्षेपण गरेको छ, किनभने धेरै संरचनामा ठूलो भौतिक क्षति पुगेको प्रारम्भिक विवरणहरूबाट देखिएको छ।
उच्च बीमा दाबी भएका कम्पनीहरू
बीमा कम्पनीअनुसार सबैभन्दा बढी दाबी सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा परेको छ, जसले ५ अर्ब ४५ करोड ९३ लाख बराबरको दाबी पाएको छ। अन्य प्रमुख दाबीहरू:
दि ओरियन्टल इन्स्योरेन्स: ५ अर्ब २३ करोड २४ लाख
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स: २ अर्ब ७९ करोड ६६ लाख
शिखर इन्स्योरेन्स: २ अर्ब ३९ करोड १३ लाख
सगरमाथा लुम्बिनी इन्स्योरेन्स: १ अर्ब ५७ करोड ५९ लाख
देशभर १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा माइक्रो इन्स्योरेन्स कम्पनीहरूमा यी बीमा दाबीका आवेदन परेको प्राधिकरणले जनाएको छ।







