नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष तथा पूर्वसभामुख कृष्णबहादुर महरालाई प्रहरीले पक्राउ गरेको छ।
बिज्ञापन
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले आइतबार इ–सिगरेटमार्फत भएको सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा उनलाई नियन्त्रणमा लिएको हो। सीआईबीका अनुसार सो प्रकरणमा महरा संलग्न रहेको भन्ने आधार भेटिएपछि थप अनुसन्धानका लागि पक्राउ गरिएको हो। ब्युरोले केही दिनअघि उनलाई बयानका लागि बोलाएर सोधपुछ गरेको थियो।
बिज्ञापन
यसअघि पनि महरालाई २०७८ चैतमा सोही प्रकरणमा अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको थियो। हाल उनलाई सीआईबी कार्यालयमा राखी आवश्यक अनुसन्धान कार्य जारी रहेको बताइएको छ।








