शुभदिपावली र धनतेरसको अवसर पारेर टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि ले ‘धनतेरस टाटा उत्सव’ अभियान सुरु गरेको छ। कम्पनीले यो पर्वलाई ‘सुनौलो र अविस्मरणीय’ बनाउने उद्देश्यसहित विशेष छुट र बम्पर उपहारसहितको कार्यक्रम ल्याएको हो।
बिज्ञापन
सिप्रदी ट्रेडिङले नेपालभर रहेका टाटा शोरूमहरूमा असोज २६ गतेदेखि कात्तिक २ गतेसम्म यो कार्यक्रम सञ्चालन गरिने जनाएको छ। कार्यक्रमअन्तर्गत टाटा गाडी खरिद गर्ने ग्राहकले सुनको असर्फी जित्ने अवसर पाउनेछन्। बम्पर उपहार योजना अन्तर्गत भाग्यशाली ग्राहकलाई सुनको असर्फी प्रदान गरिने कम्पनीले जानकारी दिएको छ।
बिज्ञापन
इभी र आईसीई मोडलमा विशेष अफर
धनतेरस अफर अन्तर्गत टाटा मोटर्सका विद्युतीय (EV) तथा आन्तरिक दहन इन्जिन (ICE) मोडलमा विशेष छुट दिइनेछ। अफरमा समावेश गाडीहरू:
बिज्ञापन
विद्युतीय मोडलहरू (EV)
टियागो ईभी
पंच ईभी
नेक्सन K3 ईभी
कर्भ ईभी
पेट्रोल / डिजेल मोडलहरू (ICE)
टियागो
पंच
नेक्सन
सफारी
उपलब्ध सुविधाहरू
धनतेरस अफर अन्तरगत ग्राहकले निम्न विशेष लाभहरू प्राप्त गर्न सक्नेछन्:
फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ
आकर्षक नगद छुट (Discount)
उत्तम एक्सचेन्ज मूल्य
नि:शुल्क एसेसरिज प्याक
अटो–प्लस इन्स्योरेन्स
एक वर्षको सवारी कर
नि:शुल्क एम्बोस्ड नम्बर प्लेट
फ्री होम चार्जिङ इन्स्टलेसन
ग्राहकमैत्री सेवा र डिजिटल पहुँचमा जोड
सिप्रदी ट्रेडिङले ग्राहकलाई सजिलो, सुरक्षित र स्मार्ट मोबिलिटी समाधान दिन यो अफर ल्याएको बताएको छ। कम्पनीले अफरको विवरण आफ्ना शोरूमहरूमा प्राप्त गर्न सकिने जानकारी दिएको छ।








