होमपेज > श्रीनगर एग्रीटेकको आइपिओ आजदेखि बिक्रीमा, कति कित्तासम्मका लागि आवेदन दिन सकिन्छ?

श्रीनगर एग्रीटेकको आइपिओ आजदेखि बिक्रीमा, कति कित्तासम्मका लागि आवेदन दिन सकिन्छ?

बिज्ञापन
बिज्ञापन

कृषि तथा उद्योग क्षेत्रमा काम गर्ने श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले सर्वसाधारणका लागि आजदेखि आइपिओ निष्काशन गरेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ बाँडफाँट गरेको थियो । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपिओ बिक्री खुला गरेको हो । कम्पनीको सेयर सर्वसाधारण लगानीकर्ताहरूका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्य तोकिएको छ ।

बिज्ञापन

कम्पनीको जारी पूँजी १ अर्ब ६३ करोड १२ लाख ५० हजार रुपैयाँमध्ये २० प्रतिशत बराबर ३२ करोड ६२ लाख ५० हजार रुपैयाँको ३२ लाख ६२ हजार ५०० कित्ता आइपिओ नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी निष्कासन गरिएको हो। पहिलो चरणमा १ लाख ६३ हजार १२५ कित्ता सेयर स्थानीय बासिन्दाका लागि र ३ लाख ९ हजार ९३८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि बाँडफाँट गरिसकेको छ। त्यस्तै १ लाख ५४ हजार ९६९ कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि र १ लाख २३ हजार ९७५ कित्ता सेयर कर्मचारीहरूका लागि बाँडफाँट गरिएको छ। बाँकी रहेको २५ लाख १० हजार ४९३ कित्ता सेयर थप सर्वसाधारणका लागि निष्कासन गरिएको हो।

बिज्ञापन

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। आइपिओको आवेदन छिटोमा असोज २९ सम्म खुला रहनेछ र मागअनुसार नपरेमा ढिलोमा कात्तिक ९ सम्म लम्बिनेछ। आवेदन नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरूबाट वा मेरो सेयर अनलाइनमार्फत पनि गर्न सकिने व्यवस्था छ।

कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इम्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो। यस आइपिओको रेटिङ इक्रा नेपालले वित्तीय दायित्व समयमै पूरा गर्ने क्षमता उच्च जोखिमयुक्त भएको जनाउँदै प्रदान गरेको छ। श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेड २०८० साल जेठ २८ गते पब्लिक लिमिटेड कम्पनीको रूपमा रजिष्ट्रारको कार्यालयबाट स्वीकृत भई सञ्चालनमा आएको हो। कम्पनीको रजिष्टर्ड कार्यालय रुपन्देही जिल्ला–४ मा रहेको छ भने सम्पर्क कार्यालय काठमाडौँ, टंगालमा छ।

बिज्ञापन

कम्पनी नेपालकै पहिलो आइएसओ प्रमाणित एकीकृत कृषि व्यवसाय हो। यसले कुखुराको चल्ला र अण्डा, कुखुराको सुनौलो प्लेट दाना, माछा र बंगुरका लागि दाना उत्पादन गर्दै आएको छ। साथै, कृषकलाई प्राविधिक सहयोग उपलब्ध गराउने र किसानको उत्पादन बजारसम्म पुर्याउने काम गर्दै आएको छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते