होमपेज > सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कमी

सेप्टेम्बरमा ७८ हजार विदेशी पर्यटक नेपाल भित्रिए, अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले कमी

बिज्ञापन
बिज्ञापन

सन् २०२५ को सेप्टेम्बर महिनामा ७८ हजारभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, सेप्टेम्बरमा कुल ७८ हजार ७११ विदेशी नागरिकले नेपाल भ्रमण गरेका हुन् ।

बिज्ञापन

तर, यो संख्या अघिल्लो वर्षको तुलनामा उल्लेख्य रूपमा घटेको छ । सन् २०२४ को सेप्टेम्बरमा ९६ हजार ३०२ पर्यटक आएका थिए, जसको तुलनामा यस वर्षको आगमन १८.३ प्रतिशतले कमी भएको बोर्डले जनाएको छ ।

बिज्ञापन

पर्यटकीय सिजनकै समयमा विदेशी आगमन घट्नु पर्यटन क्षेत्रका लागि चिन्ताको विषय बनेको छ । गत अगस्ट महिनामा पनि ८८ हजार ६८० पर्यटक मात्र नेपाल आएका थिए, जसले निरन्तर घट्दो प्रवृत्तिको सङ्केत गरेको छ ।

बोर्डका तथ्यांकअनुसार, सेप्टेम्बरमा नेपाल आउने विदेशीमध्ये भारतबाट १५ हजार ५५६, अमेरिकाबाट ९ हजार ६७९, चीनबाट ५ हजार २३७, श्रीलंकाबाट ३ हजार १५, र बंगलादेशबाट २ हजार २३० पर्यटक आएका छन् ।

बिज्ञापन

नेपालमा अघिल्ला महिनाहरूमा मनसुनका कारण आन्तरिक उडान र सडक यातायात प्रभावित भएकाले पनि आगमनमा कमी आएको पर्यटन विज्ञहरूको धारणा छ । आगामी अक्टोबर र नोभेम्बर महिनामा भने दशैं–तिहार र ट्रेकिङ सिजनसँगै पर्यटक आगमन बढ्ने अपेक्षा गरिएको छ ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते