मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ ।
बिज्ञापन
आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको १ लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि सोमबार सुनको मूल्य १ लाख ६० हजार ५ सयमा कारोबार भएको थियो ।
बिज्ञापन
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य १५ रुपैयाँले घटेर १ हजार ९ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।








