कामना सेवा विकास बैंकले ४० हजार ३३० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान अन्य संस्थापक शेयरधनीले आवेदन दिन सक्नेछन् ।
बिज्ञापन
शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले आज (असार २३ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित बैंकको केन्द्रीय कार्यालय ज्ञानेश्वर, काठमाडौंमा निवेदन दिनुपर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको शेयर संख्या खुलाएर आवेदन दिनुपर्ने बैंकले जनाएको छ ।
बिज्ञापन
तोकिएको समयमा संस्थापक शेयरधनीबाट शेयर खरीद गर्न निवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य लगानीकर्तालाई शेयर बिक्री गर्ने बैंकले जनाएको छ ।
बिज्ञापन








