होमपेज > राष्ट्र बैंकद्वारा सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हटाइयो

राष्ट्र बैंकद्वारा सेयर धितो कर्जामा २५ करोड रुपैयाँको सीमा हटाइयो

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जासम्बन्धी महत्वपूर्ण निर्णय लिँदै एकल ग्राहक कर्जा सीमालाई हटाएको छ। बुधबार जारी गरिएको ‘एकीकृत निर्देशन, २०८१’ संशोधनमार्फत राष्ट्र बैंकले पूर्ववत् २५ करोड रुपैयाँको सीमा हटाएको हो।

बिज्ञापन

यसअघि सेयर धितो अर्थात् मार्जिन प्रकृतिको कर्जामा अधिकतम एकल ग्राहक कर्जा सीमा २५ करोड रुपैयाँ तोकिएको थियो। अब, यो सीमा नहुनाले बैंक तथा वित्तीय संस्थाले जोखिम मूल्याङ्कनको आधारमा कर्जा प्रवाह गर्न सक्नेछन्।

पुँजी बजारको सुधारका लागि गठित कार्यदलले पनि सो सीमा हटाउन सुझाव दिएको थियो। त्यस्तै, सेयर लगानीकर्ताहरूले लामो समयदेखि यो सीमा हटाउन दबाब दिँदै आएका थिए। विश्लेषकहरूका अनुसार, राष्ट्र बैंकको यस कदमले पुँजी बजारमा तरलता प्रवाह बढाउने, लगानीकर्ताको पहुँच सजिलो बनाउने र समग्र सेयर बजारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।

बिज्ञापन

बैंक वित्तीय संस्थालाई सेयर तथा डिबेञ्चर खरिदमा लचकता

नेपाल राष्ट्र बैंकले संगठित संस्थाको सेयर, डिबेञ्चर तथा अन्य लगानीमा खुकुलो नीति लिएको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन, २०८१ मा संशोधन गरी प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था खारेज गरेको छ । यसअघि खरिद गरेको एक वर्ष व्यतित भएका लगानीमध्येबाट एक आर्थिक वर्षमा प्राथमिक पुँजीको २० प्रतिशत रकमसम्मको लगानी मात्र बिक्री गर्न पाउने व्यवस्था थियो ।

सर्वसाधारणमा सेयर बिक्री गरी धितोपत्र विनिमय बजारमा सूचीकृत भइसकेको संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा ६ महिनाभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाउने व्यवस्था गरिएको छ । यसअघि संगठित संस्थाको सेयर तथा डिबेञ्चरमा एक वर्षभन्दा बढी अवधिको लागि मात्र लगानी गर्न पाइने व्यवस्था थियो । त्यसैगरी मार्जिन प्रकृतिको कर्जाको अधिकतम २५ करोड एकल ग्राहक कर्जा सीमा पनि हटाइएको थियो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते