होमपेज > बाढीपहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

बाढीपहिरोले क्षति पुर्‍याएका सडक पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

मनसुनजन्य बाढीपहिरोका कारण देशभरका राजमार्ग, वैकल्पिक सडक र पुलमा व्यापक क्षति पुगेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार, क्षतिग्रस्त संरचनाहरूको पुनर्निर्माणका लागि करिब १२ अर्ब ३८ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।

बिज्ञापन

मन्त्रालयले दिएको जानकारीअनुसार, असोज १८, १९ र २० गते परेको अविरल वर्षापछि देशभर बाढीपहिरोका घटनाहरू बढेका थिए। त्यसका कारण मुख्य राजमार्गदेखि वैकल्पिक सडक र बेलिब्रिजसम्म ठूला क्षति पुगेका छन्।

मन्त्रालयको प्रारम्भिक मूल्यांकनअनुसार चालु आर्थिक वर्षको मनसुनमा क्षति पुगेका संरचनाहरू पुनर्निर्माण गर्न १० अर्ब ६८ करोड रुपैयाँ लाग्नेछ। गत वर्षको विपद्बाट क्षति पुगेका तर अझै पुनर्निर्माण हुन बाँकी संरचनाहरूका लागि थप १ अर्ब ७० करोड रुपैयाँ आवश्यक पर्नेछ।

बिज्ञापन

राजमार्गहरूमा ठूलो क्षति

मनसुनका कारण सबैभन्दा धेरै क्षति राजमार्ग क्षेत्रमा देखिएको छ। मेची राजमार्गको पुनर्निर्माणका लागि मात्र १ अर्ब ५० करोड रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ।

यस्तै, कोशी, मध्यपहाडी, हुलाकी, अरनिको, कान्ति र नारायणघाटमुग्लिङ राजमार्गहरूको पुनर्निर्माणमा ३ अर्ब ७७ करोड रुपैयाँ खर्च हुने अनुमान छ।

पुल र वैकल्पिक सडकमा पनि ठुलो असर

मन्त्रालयले दिएको विवरणअनुसार, क्षति पुगेका १७ वटा स्थायी पुल पुनर्निर्माणका लागि ४ अर्ब ५२ करोड रुपैयाँ खर्च हुनेछ। सडक सञ्चालनका लागि तत्काल आवश्यक पर्ने नयाँ बेलिब्रिजहरू निर्माणमा ८० करोड रुपैयाँ लाग्नेछ।

यस्तै, वैकल्पिक सडकहरूको पुनर्निर्माणमा १ अर्ब ५९ करोड रुपैयाँ आवश्यक पर्नेछ।

सडक सञ्चालनमा उच्च प्राथमिकता

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकासमन्त्री कुलमान घिसिङले बाढीपहिरोले अवरुद्ध बनाएका सडकहरू तत्काल सञ्चालनमा ल्याउन उच्च प्राथमिकता दिइएको बताएका छन्।

उनका अनुसार, प्रभावित क्षेत्रमा यन्त्र, उपकरण र प्राविधिक जनशक्ति परिचालन गरेर काम भइरहेको छ। “सडक सञ्चालनका काम तीव्र बनाइएको छ, मन्त्रालयको तर्फबाट अनुगमन पनि नियमित रूपमा भइरहेकै छ,” मन्त्री घिसिङले जानकारी दिए।

दीर्घकालीन समाधानको खाँचो

हरेक वर्ष दोहोरिने विपद्ले मुलुकका भौतिक संरचनामा गम्भीर असर पारिरहेको सन्दर्भमा विज्ञहरू पूर्वतयारी, पूर्वानुमान प्रणाली सुदृढीकरण र पूर्वाधार निर्माणमा दीर्घकालीन दृष्टिकोण आवश्यक रहेको सुझाव दिइरहेका छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते