बिज्ञापन
कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत मोरङ जिल्लास्थित जलेर नष्ट भएका सरकारी कार्यालयहरूको पुनःनिर्माण र सहयोग अभियान थालेको छ।
बिज्ञापन
भ्रष्टाचार विरोधी जनआन्दोलनको क्रममा जलेर पूर्ण रूपमा क्षति पुगेको भूमिसुधार तथा मालपोत कार्यालय, विराटनगरको पुनःनिर्माणको लागि बैंकले जिम्मेवारी लिएको छ। उक्त पुनःनिर्माण कार्यको लागि मालपोत कार्यालयका तर्फबाट मालपोत अधिकृत अजय राजवंशी र बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुषालबीच सम्झौता भएको हो। हाल कार्यालय नष्ट भएको विवरण संकलनको काम भइरहेको र त्यसपछी पुनःनिर्माण कार्य प्रारम्भ हुने बैंकले जानकारी दिएको छ।

बिज्ञापन
त्यस्तै, इलाका प्रहरी कार्यालय, पथरीका सम्पूर्ण सामग्री जलेर नष्ट भएको अवस्थालाई ध्यानमा राख्दै, बैंकले तत्काल आवश्यक कम्प्युटर सहयोग गरेको छ। उक्त कम्प्युटर कोशी प्रदेश प्रमुख खिमलाल भुषालले डिएसपी तुलसी प्रसाद अर्याललाई हस्तान्तरण गरे।
डिएसपी अर्यालले गम्भीर चुनौतीपूर्ण अवस्थामा प्राप्त सहयोगलाई “अत्यन्तै उपयोगी र सहायक” बताउँदै बैंकप्रति धन्यवाद ज्ञापन गरे। कार्यक्रममा प्रहरी अधिकृत तथा बैंकका कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो।
बैंकका प्रदेश प्रमुख भुषालले कामना सेवा विकास बैंक सदैव समुदायमुखी तथा उत्तरदायित्वपूर्ण कार्यक्रमहरूमा सक्रिय रहेको बताउँदै, “सार्वजनिक संस्थाहरूको पुनःस्थापना र सेवा निरन्तरतामा योगदान दिन पाउनु गौरवको कुरा हो” भने।
कामना सेवा विकास बैंकले आगामी दिनहरूमा पनि विभिन्न वडा कार्यालय, मालपोत कार्यालय, प्रहरी कार्यालयहरूको पुनःनिर्माण तथा मर्मत सम्भार कार्यमा सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।








