होमपेज > जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३० पुग्यो, हजारभन्दा बढी घाइते

जेनजी आन्दोलन : मृत्यु हुनेको संख्या ३० पुग्यो, हजारभन्दा बढी घाइते

बिज्ञापन
बिज्ञापन

बिज्ञापन

जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ३० पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न अस्पतालहरूले बुझाएको विवरणअनुसार बुधबार बिहानसम्म मृतक संख्या ३० पुगेको हो।

बिज्ञापन

मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार काठमाडौं उपत्यकामा मात्रै २३ जनाको मृत्यु भएको छ। तीमध्ये वीर अस्पतालको ट्रमा सेन्टरमा ८, सिभिल अस्पतालमा ६, एभरेष्ट अस्पताल र फ्रन्टलाइन अस्पतालमा ३३, काठमाडौँ मेडिकल कलेज (केएमसी) मा २ र टिचिङ अस्पतालमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो।

उपत्यकाबाहिर बाँकेको भेरी अस्पतालमा ५ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा २ गरी ७ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। बाँकेमा मृत्यु हुने ५ जना नौबस्तास्थित क्षेत्रीय कारागार तथा बाल सुधार गृहका कैदीबन्दी रहेका छन्।

बिज्ञापन

मृतकमध्ये ३ जना प्रहरी समेत रहेका मन्त्रालयले जनाएको छ। अन्य मृतकहरूको विवरण भने सुरक्षा निकायले आधिकारिक रूपमा सार्वजनिक गरेको छैन।

मन्त्रालयका अनुसार अहिलेसम्मको आन्दोलनमा १,०३३ जना घाइते भएका छन्। तीमध्ये ७१३ जना उपचारपछि घर फर्किएका छन् भने २५३ जना अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते