होमपेज > स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको आग्रह

स्वस्थ रहन एक छाक कोदोको परिकार खान कृषिमन्त्रीको आग्रह

बिज्ञापन
बिज्ञापन

कृषि तथा पशुपंक्षी विकास मन्त्री रामनाथ अधिकारीले स्वस्थ रहनका लागि एक छाक कोदोको परिकार खान आग्रह गरेका छन् । राष्ट्रिय कोदो दिवसको अवसरमा भक्तपुरको चाँगुनारायणमा आयोजित कोदो रोपाइँ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

बिज्ञापन

उनले स्वस्थ रहनका लागिको कोदोको परिकार खानुपर्ने बताए । हरेक नेपालीहरूलाई दिनमा एक छाक कोदोको परिकार खाने हो भने स्वस्थ रहने उनको भनाइ थियो । कोदोको खानेकुराहरूले अहिलेलाई मात्रै फाइदा नभई भावी सन्ततिका लागि पनि स्वस्थ राख्न फाइदा पुग्ने बताए । मकै, धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली रहेको बताए ।

बिज्ञापन

मन्त्री अधिकारीले भने, ‘हामी स्वस्थ रहने हो भने, हामीले एक छाक मात्रै भए पनि कोदोको परिकार भान्सामा राख्ने व्यवस्था गर्न सक्यौँ भने वास्तवमा स्वस्थ पनि हुन्छौँ । हामीलाई त रोग लागेको होला, अहिले उपचार गर्न सकौँला, तर भावी सन्तति पनि रोगी भएर जन्मिन्छन् । रोग भित्र्याउने काम हुन्छ ।’ उनले भने, ‘नेपाल सरकारले गरेको निर्णयको कार्यान्वयन आज चाँगुनारायण नगरपालिकाले कार्यान्वयन गरेको छ । हामीले बाटाभर थुप्रै मकै बारी देखेर आयौँ । मकै,धान, गहुँ सरह नै कोदो पनि महत्त्वपूर्ण बाली हो । यसको पनि त्यत्तिकै विकास गर्न सक्नुपर्छ । उत्पादनको ग्यारेन्टी कसरी हुनसक्छ त्यसमा पनि खोजी गर्नुपर्छ ।’

मन्त्री अधिकारीले कृषिमा काम गर्ने हो भने कोदो रोपेर उत्पादन बढाइ बढी फाइदा लिनुपर्ने बताए ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते