होमपेज > सयपत्री हाइड्रो पावरले हकप्रद शेयर जारी गर्ने

सयपत्री हाइड्रो पावरले हकप्रद शेयर जारी गर्ने

बिज्ञापन
बिज्ञापन

सयपत्री हाइड्रो पावरले हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीको ८ औं वार्षिक साधारण सभाले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो।

बिज्ञापन

अहिले ३० करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी गरेपछि उक्त पुँजी ६० करोड रूपैयाँ पुग्नेछ। यो आयोजनाले हकप्रदबाट उठ्ने रकम यसअघि लिएको बैंक ऋण तिर्न र बाँकी हुने रकम ७६ मेगावाटको सानीभेरी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय भएको एक सञ्चालकले बताए। लकिङ पिरियड पनि शुक्रबारबाट सकिएको छ। जलविद्युत लगायत कम्पनीहरूको लकिङ पिरियङ तीन वर्ष राखिएको हुन्छ।

बिज्ञापन

स्थानीय, वैदेशिक रोजगारीमा गएका र संस्थापक लगानीकर्ताहरूले यो अवधिपछि मात्रै शेयर बिक्री गर्न पाउँछन्। सयपत्री हाइड्रोपावर साढे दुई मेगावाटको हो। यो कम्पनी चालु आर्थिक तेस्रो त्रैमासमा एक करोड १० लाख रूपैयाँ नाफामा छ। तर कम्पनीको सञ्चित आम्दानी ४ करोड ४८ लाखले नोक्सानमा छ।

कम्पनीको प्रतिशेयर आम्दानी ३ रूपैयाँ ६९ पैसा छ। अधिकतम मूल्य ९२२ रूपैयाँमा पुगेको छ। हाल बजारमा यो कम्पनीको प्रतिकित्ता शेयर ६५७ रूपैयाँमा कारोबार भइरहेको छ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते