होमपेज > सामसङको स्मार्टफोन ‘एस–२५’ सिरिजको नेपालमा प्रि–बुकिङ सुरू, यस्ता छन् अफर

सामसङको स्मार्टफोन ‘एस–२५’ सिरिजको नेपालमा प्रि–बुकिङ सुरू, यस्ता छन् अफर

बिज्ञापन
बिज्ञापन

सामसङको बुहुप्रतिक्षित स्मार्टफोन एस–२५ सिरिज नेपालमा प्रि–बुकिङ सुरू भएको छ।

बिज्ञापन

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्व मिस नेपाल अश्मी श्रेष्ठ र सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले उक्त सिरिज सार्वजनिक गरेका हुन्। यो सिरिजमा ग्यालेक्सी एस–२५, एस–२५ प्लस र एस–२५ अल्ट्रा भेरियन्ट रहेका छन्। प्रि–बुकिङ आज (बिहीबार) देखि फेब्रुअरी १३ (फागुन १ गते)सम्म गर्न सकिनेछ।

बिज्ञापन

प्रि–अर्डर गर्ने ग्राहकहरूले फ्री मेमोरी अपग्रेड (१२/२५६ जिबीबाट १२/५१२ जिबी) गर्न पाउँनेछन्। वा, ३१ हजार ९९९ रूपैयाँ पर्ने ग्यालेक्सी बड्स थ्री प्रो मात्र १४ हजार ९९९ रूपैयाँमा पाउनेछन्। साथै तीन हजार ३९९ रूपैयाँ पर्ने सिलिकन कभर एक हजार पाँच सय रूपैयाँ किन्न सकिने बताइएको छ।

बिज्ञापन

६.२ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ। त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ। यो फोनमा ग्राहकले ४ हजार एमएएच ब्याट्री पाउँछन्। यो फोन १२/२५६ जिबी र १२/१२८ जिबी क्षमतामा पाइनेछ।

फोनको मूल्य क्रमशः एक लाख १४ हजार ९९९ रूपैयाँ र एक लाख ४ हजार ९९९ रूपैयाँ हुनेछ। यो फोन आइसी ब्लू (निलो) र सिल्भर स्याडो रंगमा उपलब्ध हुनेछ।

-एस–२५ प्लस:

६.७ इञ्च डिस्प्ले भएको यो फोनमा फोनको पछाडि भागमा तीन वटा क्यामेरा जडान गरिएको छ। जसमा मुख्य क्यामेरा ५० मेगापिक्सेल, १० मेगापिक्सेल टेलिफोटो र १२ मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ।

त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ। यो फोनमा ग्राहकले ४ हजार ९ सय एमएएच ब्याट्री पाउँछन्।

ग्यालेक्सी एस २५ प्लस १२/२५६ जिबीको मूल्य एक लाख ४१ हजार ९९९ रूपैयाँ तोकिएको छ। ग्राहकले यो फोन नेभी र सिल्भर स्याडो रंगमा पाउनेछन्।

-एस–२५ अल्ट्रा:

६.९ इञ्च डिस्प्ले भएको यो फोनको पछाडि भागमा चार वटा क्यामेरा जडान गरिएको छ।

जसमा मुख्य क्यामेरा २०० मेगापिक्सेल, ५० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो, १० मेगापिक्सेल टेलिफोटो र ५० मेगापिक्सेल अल्ट्रावाइड क्यामेरा छ। त्यस्तै, सेल्फी लिनको लागि १२ मेगापिक्सेल वाइड क्यामेरा छ। फोनको सुरक्षाको लागि फिंगरप्रिन्ट सुविधा दिइएको छ। यो फोनमा ग्राहकले ५ हजार एमएएच ब्याट्री पाउँछन्।

ग्यालेक्सी एस २५ अल्ट्रा १२/५१२ जिबीको मूल्य एक लाख ९९ हजार ९९९ रूपैयाँ र १२/२५६ जिबीको मूल्य एक लाख ८४ हजार ९९९ रूपैयाँ तोकिएको छ।

यो फोन टाइटानियम सिल्भर ब्लू ९निलो०, टाइटानियम ह्वाइटसिल्भर र टाइटानियम ब्ल्याक (कालो) रंगमा उपलब्ध छ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते