नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ।
बिज्ञापन
बैंकले तीन जना संस्थापक शेयरधनीको नाममा रहेको कुल १ लाख १३ हजार २३८ कित्ता शेयर बिक्रीमा राखेको हो। हाल यो शेयर बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन्।
बिज्ञापन
शेयर खरिद गर्न ३५ दिनको समयसीमा दिइएको छ। इच्छुक संस्थापक शेयरधनीले सो अवधिभित्र खरिद आवेदन दिनुपर्नेछ। तोकिएको समयसीमाभित्र खदिर आवेदन नपरेमा उक्त शेयर सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ।








