होमपेज > अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघको गण्डकी प्रदेश समिति उद्घाटन

बिज्ञापन
बिज्ञापन

अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (एफआइएनवाइइ) को गण्डकी प्रदेश समिति गठन तथा उद्घाटन कार्यक्रम शनिबार पोखराको लेकसाइडस्थित बार पीपल रिसोर्टमा सम्पन्न भएको छ ।

बिज्ञापन

‘परिवर्तनका निर्माताहरूलाई जोड्दै, प्रगतिको खेती गर्दै एफआइएनवाइइ गण्डकी अगाडि बढ्छ’ भन्ने नारासहित सम्पन्न कार्यक्रममा एफआइएनवाइइले गण्डकी प्रदेशमा औपचारिक रुपमा आफ्नो उपस्थिति जनाउँदै नेपालभर उद्यमशीलताको प्रवद्र्धन गर्ने अभियानलाई नयाँ ढंगले अघि बढाएको छ ।

बिज्ञापन

कार्यक्रममा विभिन्न क्षेत्रका युवा उद्यमी, सञ्चारकर्मी, संघ–संस्थाका प्रतिनिधि र अन्य सरोकारवाला व्यक्तिहरुको उल्लेखनीय उपस्थिति रहेको थियो । उद्यमी महासंघका अध्यक्ष स्वतन्त्र प्रताप शाहले उद्घाटन गर्दै महासंघको उद्देश्य, भावी योजना र गण्डकी प्रदेशमा यसको भूमिका स्पष्ट पारे ।
उनले भने, ‘गण्डकी प्रदेश समितिको स्थापना हामी नेपाली युवा उद्यमीहरुलाई देश तथा विदेशमा सञ्जाल विस्तार, ज्ञान साझेदारी र सहकार्यको नयाँ अवसर प्रदान गर्ने विश्वास लिएका छौं ।’

बागमती समितिको सफल सुरुवातपछि अब उद्यमी महासंघले गण्डकी प्रदेशमा आफ्नो औपचारिक कार्ययात्रा सुरु गरेको हो । कार्यक्रमले स्थानीय तथा राष्ट्रियस्तरका उद्यमीहरुलाई जोड्ने, सीप आदानप्रदान गर्ने र उद्यमशीलताको सशक्तिकरणमा टेवा पु¥याउने विश्वास लिइएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते