होमपेज > सामसङको हालसम्मकै सबैभन्दा पातलो र हलुका मोबाइल नेपालमा: प्रिअर्डर घोषणा

सामसङको हालसम्मकै सबैभन्दा पातलो र हलुका मोबाइल नेपालमा: प्रिअर्डर घोषणा

बिज्ञापन
बिज्ञापन

ग्लोबल अनप्याक्डपश्चात् सामसङ नेपालले अत्याधुनिक ग्यालेक्सी जेड फोल्ड–७ र जेड फ्लिप–७ अल्ट्रा पातलो, हलुका र इन्ट्युटिभ इन्टेलिजेन्ससहितका नयाँ फोल्डेबल स्मार्टफोनहरू साउन २२ गतेदेखि साउन २९ गतेसम्म प्रिअर्डर गर्न मिल्ने जनाएको छ ।

बिज्ञापन

ग्यालेक्सी जेड फोल्ड–७ ले हालसम्मकै सबैभन्दा पातलो र हलुका फोल्ड सिरिजमा ग्यालेक्सी डिजाइन, क्यामेरा कार्यक्षमता र ए.आई प्रविधिलाई एकसाथ ल्याएको छ । यो डिभाइसले अल्ट्रा–स्मार्टफोनको रूपमा प्रिमियम प्रदर्शन प्रदान गर्छ भने खोल्नेबित्तिकै ठूलो र इमर्सिभ डिस्प्लेमार्फत कार्यक्षमता र उत्पादकत्वमा नयाँ स्तर प्रदान गर्छ ।

बिज्ञापन

ग्यालेक्सी जेड फ्लिप–७ चाहिँ स्मार्ट एआई फिचरहरूसहित दैनिक प्रयोगका लागि बनाइएको खल्तीमै अट्ने कम्प्याक्ट सहायक हो । यो स्मार्टफोन सानो भए पनि शक्तिशाली अनुभव दिन सक्षम छ । फ्ल्यागसिप क्यामेरा, एज–टु–एज फ्लेक्सविन्डो र आइकोनिक डिजाइनका साथ प्रयोगकर्ताको जीवनशैलीमा सहजता ल्याउँछ ।

सामसङ इलेक्ट्रोनिक्स नेपालका एमएक्स डिभिजन प्रमुख निर्देशक प्रणयरत्न स्थापित भन्छन्, “ग्यालेक्सी जेड फोल्ड–७ ले फोल्डेबल स्मार्टफोनको विकासलाई पुनः परिभाषित गरेको छ । ग्यालेक्सी एआई र अत्याधुनिक हार्डवेयरको संयोजनले प्रयोगकर्तालाई एकदमै सहज, स्मार्ट र पावरफुल फोल्डेबल अनुभव दिन्छ ।”

बिज्ञापन

यसैगरी, ग्यालेक्सी जेड फ्लिप–७ ले परिस्कृत डिजाइन ल्याएको छ, जसमा अब झनै ठूलो र उपयोगी कभर स्क्रिन छ । अब यो स्क्रिनमा अझ धेरै विजेटहरू र एप्सहरूसँगको इन्टरेक्सन फोन खोल्नै नपरी सम्भव छ । दुईवटा क्यामेराको वरिपरि रहेको बेझेलमात्र १.२५ मिमी मोटाइको छ । ४.१ इन्चको फ्लेक्सविन्डोले पूरै सतह ओगटेको छ, जसले यो स्क्रिनलाई जेड फ्लिप सिरिजकै अहिलेसम्मकै सबैभन्दा ठूलो बनाएको छ ।

फोन फोल्ड गरिएको अवस्थामा पनि प्रयोगकर्ताले फ्लेक्सविन्डोबाटै दैनिक कामहरू सजिलै गर्न सक्छन्, जसले पकेटबाट झिकेर सीधै प्रयोग गर्न मिल्ने फोल्डेबल अनुभवलाई नयाँ उचाइमा पुर्‍याउँछ । फ्लिप–७ को मुख्य क्यामेरा अहिले झनै राम्रो स्टेबलाइजेसन र रङको सटिकता दिन्छ भने थर्मल म्यानेजमेन्ट र सफ्टवेयर सुधारमार्फत ब्याट्री लाइफ पनि अझ लामो बनाइएको छ ।

प्रिअर्डरको लागि दर्ता गरी पाँच हजार रुपैयाँको अग्रीम भुक्तानी गरेपछि ग्राहकहरूले ओटिपी प्राप्त गर्नेछन्, जसको प्रयोग गरेर उनीहरूले स्टोरमा नयाँ फोल्डेबल फोन प्राप्त गर्दा आफ्नो खरिद प्रमाणित गर्न सक्नेछन् ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते