होमपेज > काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट

बिज्ञापन
बिज्ञापन

काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

बिज्ञापन

आइतबार राष्ट्रिय सभागृहमा बसेको नगरसभा बैठकमा उपमेयर सुनिता डंगोलले बजेट पेस गरेकी हुन् । बजेटमध्ये ५१ प्रतिशत पूर्वाधार विकासमा, २० प्रतिशत शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा र बाँकी अन्य क्षेत्रमा विनियोजन गरिएको छ ।

बिज्ञापन

यसअघि नगरसभाको प्रारम्भमा मेयर बालेन शाहले नीति तथा कार्यक्रम पेस गरेका थिए । उक्त कार्यक्रम पारित भएपछि उपमेयर डंगोलले बजेट प्रस्तुत गरेकी हुन् । तर, यस वर्ष महानगरको बजेट समयमै आउन सकेन । काठमाडौं टावरको नक्सा पास विवादपछि करिब ६ महिनासम्म मेयर बालेनले कार्यपालिका बैठक नै नबोलाएले बजेट प्रक्रियामा ढिलाइ भएको हो ।

प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं टावरको नक्सा स्वीकृत गरेपछि मेयर बालेनले उनी उपस्थित रहेको कार्यपालिका बैठक नराख्ने अडान लिएका थिए । यसले कार्यपालिका र मेयरबीचको विवादलाई झन चर्कायो । स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रत्येक वर्ष १० असारभित्र बजेट ल्याइसक्नुपर्ने प्रावधान छ । तर, यस वर्ष उक्त समयसीमा नाघेर २९ असारमा मात्र बजेट प्रस्तुत भएको हो ।

बिज्ञापन

बजेट ल्याउनका लागि उपमेयर डंगोल र तीन जना वडाध्यक्षले मेयर बालेनसँग पटक–पटक छलफल गरेका थिए । अन्ततः शुक्रबार कार्यपालिका बैठक बसेपछि आइतबार बजेट नगरसभामा प्रस्तुत गरिएको हो ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते