होमपेज > अमेरिकी डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

अमेरिकी डलर र युरो अवैध कारोबार गरेको आरोपमा ३ जना पक्राउ

बिज्ञापन
बिज्ञापन

पोखरामा मनी चेन्जर र रेष्टरेण्ट व्यवसाय चलाइरहेका तीन जना व्यवसायी अमेरिकी डलर र युरो अवैध कारोबार आरोपमा शनिबार पक्राउ परेका छन् ।उनीहरूका साथबाट प्रहरीले १९ हजार ६०० अमेरिकी डलर, ३ हजार २०० युरो र ४३ लाख ७३ हजार ७०० रुपैयाँ नेपाली मुद्रा पनि बरामद गरेको छ ।

बिज्ञापन

पक्राउ पर्नेहरूमा झापाको दमक नगरपालिका–४ चियादोकान घर भई हाल लेकसाइडमा हिलारी मनी चेन्जर कम्पनी चलाएका ४५ वर्षीय राजकुमार बुढाथोकी, पोखरा–१९ पुरनचौर घर भई लेकसाइडमा सगरमाथा मनी चेन्जर चलाएका ४३ वर्षीय खेमराज पौडेल र रूपन्देहीको सिद्धार्थ नगरपालिका–१३ हाटबजार घर भई रूपन्देही र पोखरामा रेष्टुरेण्ट चलाएका ४५ वर्षीय महुमुद्धिन एम अहमद रहेका छन्।

बिज्ञापन

कास्की प्रहरी प्रमुख एसपी श्यामबाबु ओलियाका अनुसार मनी चेन्जर सञ्चालकद्वय राजकुमार र खेमराजले रेष्टुरेण्ट सञ्चालक महुमुद्धिनलाई कमिसन लिएर अमेरिकी डलर र युरो बिक्री गरिरहेका थिए। राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जर कम्पनीले मुद्रा सटही गर्दा प्राप्त विदेशी मुद्रा बैंकिङ कारोबारमार्फत जम्मा गर्नुपर्ने भए पनि अर्को व्यक्तिलाई बिक्री गरिरहेको भेटिएको एसपी ओलियाले बताए ।

‘राष्ट्र बैंक ऐन अनुसार मनी चेन्जरले आफ्नै खातामा लगेर विदेशी मुद्रा जम्मा गर्नुपर्छ,’ उनले भने, ‘गैरकानूनी रूपमा अर्को व्यक्तिलाई बिक्री गरेको पाइएपछि पक्राउ गरेर अनुसन्धान अघि बढाएका छौं।’ पोखराको विरौटामा अवैध कारोबार भएको सूचना पाएपछि उनीहरूका साथबाट अमेरिकी डलर, युरो र नेपाली रूपैयाँ प्रहरीले बरामद गरेको हो।

बिज्ञापन

विदेशी मुद्रा यसरी अवैध कारोबार गर्दा कति कमिसन लिए र महुमुद्धिनले कहाँ लैजान खोजेका थिए भन्नेबारे खुल्न बाँकी रहेको एसपी ओलियाले बताए। उनीहरूलाई आइतबार जिल्ला अदालत कास्कीमा उपस्थित गराएर प्रहरीले अनुसन्धानका लागि ७ म्याद थपेको छ।राष्ट्र बैंक ऐन २०५८ विरूद्ध विदेशी मुद्रा कारोबार गरेकाले सोही ऐन अनुसार अनुसन्धान गरेर कारबाही अघि बढाउने एसपी ओलियाले बताए ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते