मेष
बिज्ञापन
आज तपाईँको आत्मबल र निर्णय क्षमता उच्च रहनेछ। परिवारमा खुसीको वातावरण बन्नेछ। योग्यतालाई प्रदर्शन गर्ने मौका मिल्नेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक ५ रहेको छ।
बिज्ञापन
मिथुन
रोकिएका आर्थिक योजनाहरू अघि बढ्नेछन्। कार्यमा सफलता र आत्मसन्तुष्टि मिल्नेछ। विवादास्पद समस्याहरूलाई बुद्धिको माध्यमले पुरा गरिनेछ। आजको शुभ रंग सुन्तला हो भने शुभ अंक २ रहेको छ।
बिज्ञापन
सिंह
पद प्रतिष्ठा वा सामाजिक छविमा वृद्धि हुनेछ। नोकरी वा पेशामा आफ्नो निर्णय माथि विश्वास गरेर अगाडि बढ्नुहोस् सफलता मिल्नेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
तुला
कार्यस्थलमा कामको प्रशंसा पाइनेछ। कार्यक्षेत्रमा अधिकारीहरू सहयोगी बन्नेछन्। धार्मिक वा आध्यात्मिक झुकाव बढ्नेछ। शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आजको शुभ रंग हरियो हो भने शुभ अंक २ रहेको छ।
धनु
साझेदारी व्यापारमा लाभआर्जन गर्न सकिएला। व्यापार व्यवसायमा नयाँ योजनाहरू कोरिनेछन्। जीवन साथीको साथ र सहयोगले नयाँ कार्य हात लाग्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ४ रहेको छ।
कुम्भ
सन्तान सुख वा प्रेममा सृजनात्मक उन्नति हुनेछ। अवसरवादीहरूबाट सावधान रहनुहोला। दायित्व निर्वहनमा सफलता मिल्नेछ। शुभचिन्तकहरुको साथ र सहयोग मिल्ला। आजको शुभ रंग निलो हो भने शुभ अंक २ रहेको छ।
वृष
आयआर्जनका नयाँ स्रोतहरू बन्नेछन्। अरुको कुरा सुनेर कसैमाथि व्यक्तिगत धारणा नबनाउनुहोस। संगीत र कलाको क्षेत्रमा रुचि बढ्नेछ। बच्चाहरूलाई मौसमी बिमारीबाट जोगाउनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक १ रहेको छ।
कर्कट
उच्च पदस्थ व्यक्तिहरूसँग भेटघाटका योग छन्। आत्तिने बानीले कार्य बिग्रिनुका साथै हात आएको काम गुमाउनु पर्ला। स्वास्थ्यप्रति सावधानी आवश्यक छ। खर्चमा नियन्त्रण राख्नुहोला। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।
कन्या
लगनशीलताले कार्यहरू अगाडि बढ्नेछन्। साथीभाइ वा छरछिमेकीबाट सहयोग मिल्नेछ। भविष्यलाई लिएर योजना बनाउन अनुकूल समय रहेको छ। आजको शुभ रंग हरियो हो भने शुभ अंक ४ रहेको छ।
वृश्चिक
आलस्य गर्दा हात आएको कार्य गुमाउनु पर्ला। अरुको लागि बुद्धि र श्रम खर्च गर्नुपर्ला। वैदेशिक रोजगारमा सफलता मिल्नेछ। युवाहरूको उच्च शिक्षाको लागि नयाँ मार्ग प्रदर्शित हुनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक १ रहेको छ।
मकर
छोटो वा रमाइलो यात्राको योग छ। लेखन र संचारमा संलग्न व्यक्तिहरूको लागि विशेष दिन रहनेछ। अरुलाई सल्लाह दिनबाट बच्नुहोला। सवारी साधन चलाउँदा सावधान रहनुहोस्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ८ रहेको छ।
मीन
आफन्तहरूसँग रमाइलो समय व्यतीत हुनेछ। कार्यक्षेत्रमा नियमितता र स्पष्ट योजना आवश्यक देखिन्छ। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।








