होमपेज > कृषि विकास बैंकबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको ११९ औं अङ्क विमोचन

कृषि विकास बैंकबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको ११९ औं अङ्क विमोचन

बिज्ञापन
बिज्ञापन

कृषि विकास बैंक लिमिटेडबाट प्रकाशित साहित्यिक पत्रिका समष्टिको ११९ औं अङ्क विमोचन भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बैंकको मुख्य कार्यालयको सभा हलमा एक समारोहका बीच उक्त साहित्यिक पत्रिकाको विमोचन गर्नुभएको हो।

बिज्ञापन

२१२ औं भानुजयन्तीको सन्दर्भ पारेर बैंकले एक साहित्यिक कार्यक्रमको आयोजना गरी समष्टिको विमोचन गरेको हो । विमोचनपछि आफ्नो मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि, प्रमुख कार्यकारी अधिकृत एवम् समष्टि साहित्यिक प्रकाशनका संरक्षक गुरुङले कृषि विकास बैंकले बिगत लामो समयदेखि समष्टिमार्फत् नेपाली साहित्यको सेवा गरिरहेको बताउँदै समष्टिले नेपाली साहित्यको सेवा दीर्घकालसम्म गरोस् भनी शुभकामना दिनुभयो । सो अवसरमा उहाँले नेपाली साहित्यमा आदिकवि भानुभक्त आचार्यको योगदानको चर्चा गर्दै आफूले सानो हुँदा पढेको भानुभक्तीय रामायणको केही अंशसमेत सम्झनुभएको थियो ।

बिज्ञापन

समष्टि प्रकाशन समितिका अध्यक्ष एवम् बैंकका उपमहाप्रवन्धक प्रताप सुबेदीले अध्यक्षताको आसनबाट समष्टिको इतिहासबारे चर्चा गर्दै समष्टिमा प्राप्त विद्वान् सर्जकहरुको सिर्जनाले समष्टि प्रकाशनको निरन्तरतामा प्रेरित भएको बताउनुभयो । साथै उहाँले नेपाली साहित्यको क्षेत्रमा आदिकवि भानुभक्त आचार्यको योगदानलाई कसैसङ तुलना गर्न नसकिने विचार व्यक्त गर्नुभयो ।

बैंकका उपमहाप्रबन्धकहरु, विभागीय प्रमुखहरुलगायत अन्य कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको उक्त समारोहको सन्चालन समष्टि साहित्यिक पत्रिकाका सम्पादक एवम् बैंकका शाखा प्रमुख शान्तिराम भट्टराईले गर्नुभएको थियो ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते