होमपेज > ९ महिनामै अर्घाखाँची सिमेन्टको व्यापार ३ अर्ब ९६ करोड

९ महिनामै अर्घाखाँची सिमेन्टको व्यापार ३ अर्ब ९६ करोड

बिज्ञापन
बिज्ञापन

अर्घाखाँची सिमेन्टले नौं महिनामै ३ अर्ब ९६ करोड रुपैयाँको व्यापार गरेको छ । उद्योगले आर्थिक वर्ष २०२४/२५ को नौं महिनामा ३ अर्ब ९६ करोड ७० लाख रुपैयाँको व्यापार गरेको हो ।

बिज्ञापन

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले गरेको रेटिङ अनुसार उद्योगले सो बरारबको व्यापार गरेको पाइएको हो । यस कम्पनीले ४ अर्ब ३५ करोड ७० लाख रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ गराएको हो । कम्पनीले सन् २०२४ मा ६ अर्ब ६ करोड ६० लाख, २०२३ मा ५ अर्ब ७७ करोड २० लाख, २०२२ मा ७ अर्ब ५८ करोड ९० लाख र सन् २०२१ मा ८ अर्ब ७० करोड ४० लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो ।

बिज्ञापन

तर, हाल आर्थिक मन्दीका कारण निर्माण कार्यहरु सुस्त भएको र सिमेन्ट उद्योगहरुको आन्तरिक रुपमा भइरहेको अस्वस्थ प्रतिस्पर्धाका कारण विगतको तुलनामा व्यापार घटेको देखिएको हो । यो उद्योग सिद्धार्थ ग्रुप, केडिया अर्गनाइजेसन र मुरारका समूहजस्ता अनुभवी व्यावसायिक घरानाद्वारा सञ्चालित छ । उद्योग सञ्चालकहरु निर्माण, व्यापार, बैंकिङ, बिमालगायतका क्षेत्रमा लामो समय अनुभव सँगालेका व्यक्ति तथा संस्था हुन् ।

अर्घाखाँची सिमेन्टमा सिद्धार्थ ग्रुपको ३५ प्रतिशत, मुरारका ग्रुपको ३० प्रतिशत, केडिया अर्गानाइजेसनको १७.५ प्रतिशत र भारतीय सिमेन्ट उद्योग उम्मा सिमेन्ट इन्टरनेसनलको १७.५ प्रतिशत सेयर स्वामित्व छ । उद्योगले प्रतिवर्ष १ मिलियन टन क्लिंकर र सिमेन्ट उत्पादन तथा बिक्री गर्दै आएको छ ।

बिज्ञापन
बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते