होमपेज > हिम स्टार ऊर्जाले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

हिम स्टार ऊर्जाले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने

बिज्ञापन
बिज्ञापन

हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि पहिलो चरणको आईपीओ निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाउन लागेको हो ।

बिज्ञापन

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्र अर्थात् ओखलढुंगा जिल्ला, जिजिदेम्बा गाउँपालिका वडा नं. ८ (साबिक भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ (साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५) का स्थानीय बासिन्दाका लागि निष्कासन गर्नेछ ।

बिज्ञापन

त्यसैगरी कम्पनीले जारी पुँजीको २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार रुपियाँबराबरको ९ लाख ३२ हजार ५०० किता साधारण शेयर वैदेशिक रोजगारमा गएका नेपालीका लागि बिक्री गर्नेछ । दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित बासिन्दाका लागि निष्कासन बन्द छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गते हुनेछ । त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने असार १३ गतेभित्रै आवेदन दिइसक्नुपर्नेछ । यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ।

बिज्ञापन

बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते