होमपेज > सरकारद्धारा स्वास्थ्य बीमालाई १० अर्ब बजेट, अर्थ मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम

सरकारद्धारा स्वास्थ्य बीमालाई १० अर्ब बजेट, अर्थ मन्त्रालय अन्तर्गत यस्ता छन् कार्यक्रम

बिज्ञापन
बिज्ञापन

सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई यो वर्ष १० अर्ब बजेट विनियोजन गर्न लागेको छ । अर्थ मन्त्रालयले तयार पारेको बजेटमा उक्त कार्यक्रमका लागि १० अर्ब छुट्याउन लागेको हो । उक्त मन्त्रालयलाई ९६ अर्बको सिलिङ पठाइएको छ ।

बिज्ञापन

अर्थ मन्त्रालयले सुरुमा मन्त्रालयलाई ८३ अर्बको बजेट सिलिङ पठाएको थियो जुन अघिल्लो वर्षभन्दा ३ अर्ब रुपैयाँ कम हो । अघिल्लो वर्ष ८६ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको थियो । तर, स्वास्थ्य बीमाका लागि बजेट अपुग रहेको तथा मन्त्रालय अन्तर्गतको खर्च समेत बढेको भनेपछि अर्थले १३ अर्ब रुपैयाँले बजेट बढाएर ९६ अर्ब पुर्याएको हो ।

बिज्ञापन

बजेटमा १० संघीय राजधानी केन्द्रित विशिष्ट उपचार, प्रदेश तह अस्पतालमा विस्तार, सातै प्रदेशको क्यान्सर उपचार विस्तारित सेवा, जलन उपचार सातै प्रदेशमा व्यवस्थित गर्न, मानव अंग प्रत्यारोपण प्रादेशिक अस्पतालमा विस्तार गर्ने कार्यक्रम रहेको छ ।

न्यूरो अस्पताल स्थापना, मधेश प्रदेशमा किड्नी सेन्टर स्थापना लगायत विशिष्टीकृत अस्पतालको विषय समेत बजेटमा रहेको छ । स्वास्थ्य बीमा सुधार तथा बक्यौता शून्यमा झार्ने लक्ष्य, नागरिकलाई निरोगी बनाउने राष्ट्रव्यापी अभियान, नसर्ने रोगको समयमै पहिचानका लागि राष्ट्रव्यापी कार्यक्रम, घर टोलमा स्वास्थ्य प्रवद्र्धन कार्यक्रम समेत समावेश गरिएको छ ।

बिज्ञापन

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते