नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ ।
बिज्ञापन
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १५०० सय रुपैयाँले घटेको हो । यससँगै आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँ कायम भएको छ ।
बिज्ञापन
बुधबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । यता, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला दुई हजार पाँच रुपैयाँ कारोबार भएको चाँदी आज एक हजार नौ सय ९५ कायम भएको छ ।








