नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री गणेशबहादुर खड्काको निधन भएको छ । कांग्रेस दैलेखका पूर्वसभापति पूर्वसांसद, पूर्वमन्त्री खड्काको निधन भएको कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले जनाएका छन् ।
बिज्ञापन
उपसभापति खड्काले सामाजिक सञ्जाल फेसबुकमा पूर्वमन्त्री तथा नाताले आफ्नो दाजु खड्काको निधनको दुःखद खबरले आफू स्तब्ध र मर्माहत बनाएको उल्लेख गरेका छन् । कांग्रेसका दैलेख जिल्ला सभापति खड्का २०४८ र २०५१ र २०६४ को निर्वाचनमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।
बिज्ञापन
२०२५ सालदेखि राजनीतिमा सक्रिय खड्का २०२७ देखि २०३० सम्मका पार्टीको जिल्ला उपसभापति र २०३३ देखि २०४८ सम्म सभापति थिए । भौतिक योजना तथा निर्माण एवं यातायात मन्त्री बनेका थिए ।









