एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउँपालिका ३ झुल्नेटा रुकुम पश्चिममा सम्पन्न गरेको छ ।
बिज्ञापन
जेठ २ गते सो कार्यक्रम सम्पन्न गरेको हो । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न ठाँउमा कृषि तथा पशुपंक्षी बीमा सम्बन्धि कार्यक्रम संचालन गरिरहेको एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडका बिजनेश कोअर्डिनेटर सुनील श्रेष्ठले बताए।
बिज्ञापन
उक्त कार्यक्रमका प्रमुख अतिथि त्रीवेणी गाउँपालिका ३ रुकुम पश्चिमका वडा अध्यक्ष दिपेन्द्र कुमार वलिले बीमाको महत्त्व बुझ्न अनुरोध गर्दै उपस्थित जनाएका सबैलाइ कार्यक्रमबाट आफुले प्राप्त गरेको बीमा सचेतना अब टोल टोलमा गएर बीमा सचेतना फैलाउन आग्रह गरे ।
बिज्ञापन







