होमपेज > प्रभु बैंक र कृषिबजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता

प्रभु बैंक र कृषिबजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीका लागि सम्झौता

बिज्ञापन
बिज्ञापन

प्रभु बैंक लिमिटेड र पोखरा महानगरपालिका-९ शान्ति बन वाटिकास्थित कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारीको लागि सम्झौता भएको छ। सोमबार एक कार्यक्रमका बीच उक्त सम्झौता भएको हो ।

बिज्ञापन

कास्की जिल्लालगायत देशका विभिन्न क्षेत्रमा उत्पादित तथा आयातित कृषि उपजहरुलाई कृषि व्यवस्थापन समिति मातहत सञ्चालित स्टलहरुबाट विक्री वितरण भइरहँदा दैनिक हुने आर्थिक कारोवारलाई सहज बैंकिङ पहुँच सहित डिजिटल माध्यममा रुपान्तरण गरी व्यवसायिक कारोवारमा सहजीकरणको उद्देश्यलाई प्रभु बैंक लिमिटेड र कृषि बजार व्यवस्थापन समितिबीच व्यवसायिक साझेदारी सम्झौता पत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न भएको छ।

बिज्ञापन

उक्त सम्झौता पत्रमा कृषि बजार व्यवस्थापन समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडी तथा प्रभु बैंक लिमिटेडका तर्फबाट गण्डकी प्रदेशका प्रमुख प्रदेश अधिकृत राजु रानाले हस्ताक्षर गरेका हुन्।

उक्त कार्यक्रममा समितिका तर्फबाट अध्यक्ष नवराज दुवाडीले बैंकप्रति आभार प्रकट गर्दै यो सम्झौताले समिति मातहतका सम्पूर्ण फलफूल तथा तरकारी बजारको दैनिक कारोवारमा सहजता प्राप्त हुने विश्वास व्यक्त गरेका छन्। त्यस्तै बैंकका तर्फबाट प्रमुख प्रदेश अधिकृत राजु रानाले यो सम्झौताले डिजिटल सेवा मार्फत कृषि बजारको आर्थिक कारोवारमा सहजीकरण हुने विश्वास व्यक्त गरेका छन्।

बिज्ञापन

उक्त सम्झौताले पोखरा महानगरपालिका(९ शान्ति बन वाटिका स्थित कृषि बजार व्यवस्थापन समिति अन्तर्गत सञ्चालित व्यवसायिहरुलाई दैनिक कारोवार नगद रहीत बनाउने उद्देश्यका साथ क्यू।आर। कोड, डिजिटल भुक्तानी तथा कारोवारका लागि आवश्यक इन्टरनेट सेवा बैकले उपलब्ध गराउनेछ ।

यसका साथैे व्यवसाय विस्तारका लागि प्रभु बैंकले वैंकको व्यवसायिहरुको आवश्यकतालाई मध्यनजर गर्दै बैंकको नियमानुसार कर्जा सुविधा पनि उपलब्ध गराउनेछ।

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते