पोखरा फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश गुरुङ नियुक्त भएका छन्।
बिज्ञापन
कम्पनीको फागुन २६ गते बसेको सञ्चालक समितिको बैठकले सीईओमा गुरुङलाई नियुक्त गर्ने निर्णय गरेको हो। कम्पनीले गुरुङलाई चैत १ गतेदेखि लागू हुने गरी २ वर्षे कार्यकालका लागि नियुक्ति गर्ने निर्णय गरेको कम्पनीले जानकारी दिएको छ।
बिज्ञापन
सीईओ गुरुङले बैंकिङ क्षेत्रमा दुई दशकभन्दा लामो अनुभव बटुलेका छन्। यस अघि उनी ग्रीन डेभलपमेण्ट बैंक लिमिटेडको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ)मा कार्यरत थिए ।








