नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य घटेको छ ।
बिज्ञापन
अघिल्लो दिन अर्थात् सोमबार प्रतितोला १ सय रूपैयाँ बढेको सुनको मूल्य मंगलबार प्रतितोला ५ सय रूपैयाँ घटेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाल सुन प्रतितोला एक लाख ७० हजार ४ सय रूपैयाँमा कारोबार भएको थियो।
बिज्ञापन
यस्तै, सोमबार चाँदीको मूल्य पनि घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ७० रूपैयाँमा कारोबार भइरहेको छ। सोमबार चाँदी प्रतितोला एक हजार नौ सय ८५ रूपैयाँमा कारोबार भएको थियो।








