होमपेज > काठमाडौँ आज विश्वको पाँचौँ प्रदूषित सहर

काठमाडौँ आज विश्वको पाँचौँ प्रदूषित सहर

बिज्ञापन
बिज्ञापन

काठमाडौँ उपत्यकाको वायु गुणस्तर विश्वका प्रदूषित सहरमध्ये पाँचौँ स्थान देखिएको छ। ‘एयर क्वालिटी इन्डेक्स’ का अनुसार आज काठमाडौँ विश्वको पाँचौँ प्रदूषित सहर बनेको हो। यहाँको वायु प्रदूषण एक सय ८० एक्युआई पुगेको छ। यो मापन बिहान ११ः५० मिनेटको हो।

बिज्ञापन

वायु गुणस्तरको एक नम्बरमा चीनको बेइजिङ छ। यहाँको वायु प्रदूषण २ सय ४० एक्युआई छ। यस्तै, दोस्रोमा युगाण्डाको कम्पालाको वायु प्रदूषण २ सय २८ एक्युआई छ। यस्तै, तेस्रोमा भारतको दिल्ली र चौथौँमा कुवेत छ। यहाँका वायु प्रदूषण क्रमशः २०५ र १८४ एक्युआई पुगेको छ।

बिज्ञापन

उपत्यकाको आकाश डम्म छ। स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन सकेको अवस्था छैन । यसले गर्दा वायु गुणस्तर अस्वास्थ्यकर बनेको छ।

स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यूआई हुँदा मध्यम, १०१–१५० एक्यूआई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ। यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यूआई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यूआई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको सङ्केत वातावरण विभागले जनाएको छ।

बिज्ञापन

एक्यूआई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ। एक्यूआईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोनभन्दा साना कण, कार्बन मोनोअक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते