भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको छात्रावासमा गत आइतबार मृत फेला परेकी नेपाली विद्यार्थी प्रकृति लम्सालको अन्त्येष्टि गरिएको छ।
बिज्ञापन
गृहजिल्ला रुपन्देही रुपन्देहीको सिद्धार्थननगर नगरपालिका ८ स्थित बैंकरोड कोलोनीमा उनको अन्त्येष्टि गरिएको हो। उनको शव हिजो राति नेपाल ल्याइपुर्याइएको थियो। कलेज प्रशासनले उनले आत्महत्या गरेको दाबी गरेको छ।
बिज्ञापन
तर विद्यार्थीहरूले मृत्यु शङ्कास्पद रहेको भन्दै विरोध प्रदर्शन गरेका थिए । सो क्रममा कलेज प्रशासनले बल प्रयोग गरेपछि चौतर्फी विरोध भएको थियो।
-यो पनि पढ्नुहोस्:








