होमपेज > प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

प्रकृतिलाई ७६ वर्षीय हजुरबुवाले दिए दागबत्ती

बिज्ञापन
बिज्ञापन

भारतको ओडिसामा रहेको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा शंकास्पद मृत्यु भएकी भैरहवाकी प्रकृति लम्साललाई उनका हजुरबुवा देवनाथ लम्सालले दागबत्ती दिएका छन्।

बिज्ञापन

देवनाथ ७६ वर्षका छन्। प्रकृतिको भैरहवाको स्वर्गद्वारी घाटमा बुधबार राति अन्तिम बिदाइ गरिएको हो। अन्त्येष्टिमा सिद्धार्थनगरवासीको ठूलो उपस्थिति थियो। भारतबाट गोरखपुर हुँदै राति ९ बजे प्रकृतिको पार्थिव शरिर भैरहवा ल्याइएको थियो। उनका बुवालगायतका अभिभावक अर्को उडानबाट आउन ढिलो भएको कारण शवलाई भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साईन्सेजमा राखिएको थियो।

बिज्ञापन

करिब ११ बजे प्रकृतिको शव उनको निवास सिद्धार्थनगर-८ मा ल्याई त्यहाँ अन्तिम श्रद्धान्जली दिएर १२ बजेपछि बाहिर निकालिएको थियो। शवयात्रामा आफन्तसँगै उनलाई अन्तिम श्रद्धान्जली दिन केआईआईटीमा अध्ययनरत् उनका सहपाठीहरुको पनि उपस्थिति रहेको थियो।

२०६१ साल असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको यही आइतबार शंकास्पद रुपमा मृत्यु भएको थियो। उनको शव केआईआईटीको छात्रावासमा झुण्डिएको अवस्थामा फेला परेको थियो। यस सम्बन्धमा भारतीय प्रहरीले एकजनालाई हिरासतमा लिई अनुसन्धान गरिरहेको छ।

बिज्ञापन

प्रकृतिको परिवारले घटनाको छानबिन गरी दोषीलाई कार्बाही गर्न माग गरेका छन् ।

-यो पनि पढ्नुहोस्:

प्रकृति लम्सालको शव आज घर ल्याइँदै

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते