इजरायल र हमासबीच युद्धविरामको सम्झौता भएको भए पनि, नेपाली विद्यार्थी विपिन जोशीको अवस्था अझै अज्ञात रहेको छ। हमासको बन्धकमा रहेकाहरूको नवीनतम सूची सार्वजनिक गरिएको छ, जसमा हाल २० जना बन्धक जीवित रहेको उल्लेख गरिएको छ। तर उक्त सूचीमा विपिन जोशीको नाम समावेश छैन।
बिज्ञापन
त्यस्तै, इजरायलका सैनिक तामिर निमरोदीको अवस्थाबारे पनि स्पष्ट जानकारी आएको छैन। हमासले बन्धक बनाएका २६ जनाको मृत्यु भएको पुष्टि गरिएको इजरायली सञ्चारमाध्यमहरूले जनाएका छन्। यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार पत्रकारहरूसँग कुरा गर्दै “मंगलबारसम्म हमासले सबै बन्धकलाई मुक्त गर्ने” विश्वास व्यक्त गरेका छन्।
बिज्ञापन
कञ्चनपुरका विपिन जोशी सन् २०२३ को अक्टोबर ७ मा हमासको आक्रमणका क्रममा अपहरणमा परेका थिए। उनी इजरायलको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषि अध्ययनका लागि त्यहाँ गएका विद्यार्थीमध्ये एक हुन्। जोशीको अवस्थाबारे दुई वर्षपछि पनि स्पष्ट जानकारी नआएपछि उनका परिवार र शुभचिन्तकहरू निरन्तर अन्तर्राष्ट्रिय समुदायसँग उनको सकुशल रिहाइका लागि अपिल गर्दै आएका छन्।








