होमपेज > रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द

रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द

बिज्ञापन
बिज्ञापन

रेसुङ्गा विमानस्थलको उडान दुई महिनादेखि बन्द भएको छ। नेपाल एयरलायन्सको विमान मर्मत भइरहेको र अन्य विमानको नभएकाले नियमित उडान हुन नसकेको रेसुङ्गा विमानस्थलका स्टेशन प्रमुख सुमन थापाले बताए।

बिज्ञापन

पछिल्लोपटक पुस ४ गते मात्रै विमानस्थलबाट उडान भएको थियो। त्यसपछि उडान हुन नसकेको थापाले बताए। नेपाल एयरलाइन्सको ट्वीनेटर विमान उडान गर्दै आएको छ। यात्रुको अत्याधिक चाप बढेपछि रेसुङ्गा विमानस्थलबाट साप्ताहिक तीन उडानको अनुमति पाएको थियो। तर, पछिल्लो केही समयदेखि शुक्रबार मात्रै उडान भइरहेको थियो।

बिज्ञापन

काठमाडौंबाट बिहान ६ बजेर ३० मिनेट र रेसुङगाबाट काठमाडौंका लागि बिहान ७ बजेर ४५ मिनेटमा उडान हुने कार्यतालिका रहेको छ। हवाई यात्रामा गुल्मी जोडिएसँगै पछिल्लो समय जिल्लाका पर्यटकीय स्थलमा अन्तर्राष्ट्रिय पर्यटक भित्रिन थालेका थिए। गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल रेसुङ्ग, धुर्कोटको विचित्र गुफा, चन्द्रकोटको टिमुरे ताल र रुरुक्षेत्र घुम्न जान थालेका हुन्।

हाल गुल्मीबाट काठमाडौंका लागि ७ हजार ३ सय र काठमाडौँबाट गुल्मीका लागि ७ हजार ५ सय रुपियाँ भाडा कायम गरेको छ। अहिले नयाँ बाटो बिस्तारले बाटोले गर्दा काठमाडौंबाट गुल्मी आउन १२ घण्टाको बाटो अहिले झण्डै २२ घण्टा सवारी साधनमा कष्टपूर्ण यात्रा गर्नुपर्ने अवस्था रहेको छ। लामो समय उडान बन्द हुँदा विमानस्थलको औचित्यमाथि प्रश्न चिह्न उठेको रेसुङ्गा नगरपालिका-१ का स्थानीय व्यवसायी जनक पन्थले बताए।

बिज्ञापन

राज्यले करोडौं रकम खर्चेर विमानस्थल बनाउने तर नियमित रुपमा प्रयोग नल्याउनुले राज्यको लगानी बालुवामा पानी जस्तै भएको उनले बताए । रेसुङ्गा विमानस्थल रेसुङ्गा नगरपालिकाको वडानम्बर-१० को सिमीचौरमा पर्दछ। जिल्ला सदरमुकाम तम्घासबाट करिब ५ मिलोमिटर कच्चीबाटो पछि विमानस्थल पुग्न सकिन्छ। विमानस्थलबाट उडान हुन थालेपछि गुल्मीका धेरैजसो वृद्ध, बिरामी, सुत्केरीलगायतका नागरिकले सेवा लिने गरेका थिए।

 

बिज्ञापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
बिज्ञापन
बिज्ञापन
बिज्ञापन

ताजा समाचार

  1. हिमालयन लाइफ इन्स्योरेन्सको नयाँ सीईओमा कपिलकुमार दाहाल नियुक्त
  2. एआई प्लस स्मार्टफोनको नेपाली बजारमा बिक्री–वितरण सुरु, कम मूल्यमा बजारमा उपलब्ध
  3. एनभिडिया : विश्वको पहिलो पाँच ट्रिलियन डलरको कम्पनी
  4. नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक म्याट रसले राजीनामा दिए
  5. तीन दिनसम्म देशभर वर्षाको सम्भावना, लामो दूरीको यात्रा नगर्न सुझाव
  6. एनपीएलका लागि लुम्बिनी लायन्सले प्रतिभा ट्यालेन्ट हन्टबाट ‘आइकनिक प्लेयर’ चयन गर्दै
  7. एभरेष्ट बैंक लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न
  8. एनसेलले १० दिनमा नै ल्यायो २० नयाँ टावर सञ्चालनमा
  9. नेप्सेमा सामान्य करेक्सन : लगातार तीन दिनको वृद्धि रोकियो
  10. १० कुमारी बैंकद्वारा कुमारी तृष्णा शाक्यलाई छात्रवृत्ति हस्तान्तरण
  11. ११ डिशहोम र ‘डल्ले’ बीच साझेदारी, अब भर्चुअल प्रिभिलेज कार्डमार्फत सबै आउटलेटमा विशेष छुट
  12. १२ डबल ए माइनस रेटिङ प्राप्त गर्ने पहिलो जीवन बीमा कम्पनी बन्यो नेपाल लाइफ इन्स्योरेन्स
  13. १३ श्रीनगर एग्रीटेकको आइपिओ बाँडफाँट, २ लाख ५१ हजार लगानीकर्तालाई सेयर
  14. १४ सुनको मूल्य घट्यो, चाँदी महँगियो
  15. १५ रुपन्देहीमा सवारी दुर्घटना : तीनजनाको मृत्यु, चारजना गम्भीर घाइते